राष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्न उच्चस्तरिय संयन्त्रको बैठक भोलि बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

राष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्न उच्चस्तरिय संयन्त्रको बैठक भोलि बस्दै

काठमाडौं, २५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ । दाहाल र ओलीबीच भोलि उच्चस्तरिय संयन्त्रको बैठक बोलाउने सहमति भएको हो ।

ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड आज बिहान ओलीनिवास बालकोट पुगेका थिए । भेटवार्ताको क्रममा बिहीबार बैठक बोलाउने र राष्ट्रपति उम्मेदवारबारे छलफल गर्ने सहमति भएको हो ।

शीर्ष दुई नेताबीचको भेटमा राष्ट्रपति निर्वाचन, मन्त्रिपरिषदलाई निरन्तरता दिनेलगायतका समसामयिक विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ ।

एमालेले गृहमन्त्री रास्वपालाई र आफूलाई राष्ट्रपति दिनुपर्ने दाबी गर्दै आइरहेको छ । माओवादी केन्द्रले भने राष्ट्रपति राष्ट्रिय सहमतिमा हुनुपर्ने अडान लिदैंआएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);