खुमलटारमा नेकपा शीर्ष नेताको जमघट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

खुमलटारमा नेकपा शीर्ष नेताको जमघट

काठमाडौं, ४ पुष । नेकपा अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा शीर्ष नेताहरुको जमघट भएको छ । नेकपा विवादका बीच खुमलटारको भेटघाटलाई राजनीतिक वृत्तमा अर्थपूर्ण मानिएको छ ।

दाहालसँग छलफल गर्न ओली आज बिहानै खुमलटार पुगेका थिए । पार्टीमा सहमतिको प्रयास भइरहँदा ओली दाहाललाई भेट्न खुमलटार पुग्नुभएको हो । लगत्तै वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष वामदेव गौतम पनि खुमलटार पुग्नुभएको थियो ।

यसअघि दाहालसँग ओली पक्षीय नेताहरुले छलफल गरेका थिए । स्थायी कमिटी बैठकको अघिल्लो दिन दाहाललाई भेट्न ओली उनकै निवास पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । ओलीले दाहाललाई नै पटकपटक छलफलका लागि बालुवाटार बोलाउने गरेका थिए ।

स्थायी कमिटी बैठक भोलि ५ पुसमा पुनः बस्दैछ । यसअघि १ पुसमा बसेको बैठकअघि प्रधानमन्त्री र दाहालबीच बालुवाटारमा छलफल भएको थियो । छलफलका क्रममा प्रधानमन्त्रीले अध्यादेश फिर्ता लिने र प्रचण्ड नेपाल पक्षले पनि संसदको विशेष अधिवेशन नबोलाउने सहमति भएको थियो । सहमतिपछि ओली पनि स्थायी कमिटी बैठकमा सहभागी भएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);