प्रचण्ड निवास खुमलटार पुगे केपी शर्मा ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

प्रचण्ड निवास खुमलटार पुगे केपी शर्मा ओली

काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालको निवास पुगेका छन् ।

प्रचण्डलाई भेट्न २ वर्षपछि बुधबार ओली दाहाल निवास खुमलटार पुगेका हुन् । प्रचण्ड पुत्री गंगा दाहालले ओलीलाई फूलको गुच्छा दिएर स्वागत गरेकी थिइन् ।

दुई नेताबीच अहिले वार्ता चलिरहेको प्रचण्ड सचिवालयले जनाएको छ । दाहाल र ओलीबीच महत्वपुर्ण विषयमा छलफल हुने जनाइएको छ।

आज बिहान प्रचण्डले जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालसँग सरकारमा सहभागी गराउनेबारे वार्ता गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);