जसपाको संसदीय दलको नेतामा रामसहाय यादव चयन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

जसपाको संसदीय दलको नेतामा रामसहाय यादव चयन

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको संसदीय दलको नेतामा रामसहाय यादव चयन भएका छन् ।

२ बजेलाई मतदानको समय तोकिए पनि दलको नेतामा यादव सर्वसम्मत रुपमा चयन भएका हुन् ।

संसदीय दलको नेतामा जसपाका संघीय परिषद् अध्यक्ष अशोक राईसहित सांसदद्वय राजकिशोर यादव र नवलकिशोर साहले पनि दाबी गर्दै आएका थिए ।

जसपामा १२ जना सांसद छन् ।

संविधान सदस्य एवं नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य शिवचन्द्र कुशवाहालाई पराजित गर्दै बारा–२ बाट जसपाका महासचिव एवं पूर्व वनमन्त्री समेत रहेका यादव विजयी भएका थिए ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);