जसपाको आज संसदीय दलको नेता छान्न मतदान हुँदै | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

जसपाको आज संसदीय दलको नेता छान्न मतदान हुँदै

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको संसदीय दलको नेता चयन गर्न आज निर्वाचन हुँदैछ ।

साढे २ बजेपछि एक घण्टा मतदानको समय तोकिएको प्रचार विभागले जनाएको छ ।

मतदान सकिए लगत्तै गणना सुरु गर्ने र अन्तिम परिणाम पनि तुरुन्तै गरिनेछ ।

संसदीय दलको नेतामा जसपाका संघीय परिषद् अध्यक्ष अशोक राईसहित सांसदहरु राजकिशोर यादव र नवलकिशोर साह प्रतिस्पर्धामा छन् ।

तीन प्रतिस्पर्धीबीच सहमति जुट्न नसकेपछि मतदानबाट जसपाले दलको नेता छान्न लागेको हो ।

जसपामा १२ जना सांसद छन् । राईलाई तीन जना मात्र सांसदको मात्र समर्थन रहेको बुझिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);