कांग्रेस, एमालेसहित यी दलले संसदीय दलको नेता चयन गर्न पाउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कांग्रेस, एमालेसहित यी दलले संसदीय दलको नेता चयन गर्न पाउने

काठमाडौं, २ पुस । दशवटा दलले संसदीय दलको नेता चयन गर्न पाउने भएका छन् । त्यसमध्ये सात दलले सचेतकसहितको सुविधा पाउने भएका हुुन् । राजनीतिक दल सम्बन्धि ऐनको दफा २६ मा कम्तीमा दुई स्थानमा निर्वाचित भई प्रतिनिधित्व गर्ने दलले संघीय संसदीय वा प्रदेश संसदीय दल गठन गर्न सक्ने उल्लेख गरिएको छ ।

ऐन अनुसार दशवटा दलले संसदीय दल गठन गर्न सक्नेछन । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्टिय प्रजातन्त्र पार्टी, राष्टिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक पार्टीले संसदीय दलको नेता ३० दिनभित्र चयन गर्नुपर्नेछ ।

कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा,लोसपाको यसअघि कै कार्यालय रहने जनाइएको छ । कांग्रेस र माओवादीले पुस ३ गते पछि संसदीय दलको नेता चयन गर्ने जनाएको छ ।
अन्य सबै पार्टीमा दलको नेता छान्ने दौडधुप चलिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);