एमाले संसदीय दलको उपनेतामा सुवास नेम्वाङ चयन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

एमाले संसदीय दलको उपनेतामा सुवास नेम्वाङ चयन

संसदीय दलको प्रमुख सचेतकमा खगराज अधिकारी र सचेतकमा शान्ता चौंधरी चयन

काठमाडौं, २१ चैत । एमाले संसदीय दलको उपनेतामा सुवास नेम्वाङ चयन भएका छन् । पार्टी संसदीय दलको बुधबार दिउँसो बसेको बैठकले पूर्वसभामुख नेम्वाङलाई संसदीय दलको उपनेता बनाउने निर्णय गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री एवम् पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीले पूर्वसभामुख नेम्वाङलाई संसदीय दलको उपनेता चयन गर्न प्रस्ताव गरेका थिए ।

बैठकले पार्टीको प्रतिनिधिसभा संसदीय दलको प्रमुख सचेतकमा खगराज अधिकारी र सचेतकमा शान्ता चौंधरीलाई चयन गरिएको पनि नेता नेम्वाङले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमणबारे पनि पार्टीका सांसदहरुलाई औंपचारिक जानकारी गराएका थिए । त्यसक्रममा उनले माओवादी केन्द्रसँग पार्टी एकताको सन्देश दिने गरी गाउँ फर्कन पनि पार्टीका सांसदहरुलाई निर्देशन दिएको नेता नेम्वाङले बताए ।

एमाले संसदीय दलले पार्टीका नेता एवम् पूर्व सांसद जागृतप्रसाद भेटवालको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव समेत पारित गरेको छ । निरंकुशता विरोधि आन्दोलनका योद्धा भेटवालको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरिएको पनि नेता नेम्वाङले बताए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);