प्रदेश-१ मा एमालेलाई मुख्यमन्त्रीको उम्मेदवार छान्न सकस, माघ २६ गते निर्वाचन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

प्रदेश-१ मा एमालेलाई मुख्यमन्त्रीको उम्मेदवार छान्न सकस, माघ २६ गते निर्वाचन

UML

काठमाडौं, २२ माघ । एकल बहुमत रहेको प्रदेश नम्बर १ मा नेकपा एमालेको संसदीय दलको नेता चयन गर्न माघ २६ गते निर्वाचन हुने भएको छ ।

सर्वसम्मतीका लागि प्रयास भए पनि सहमति जुट्न नसकेपछि आज बसेको प्रदेश सचिवालय बैठकले संसदीय दलको नेता निर्वाचनबाट चयन गर्ने निर्णय गरेको हो ।

प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा एमालेका भीम आचार्य, शेरधन राई र जीवन घिमिरेले दाबी गरेका छन् । संसदीय दलको नेता नै मुख्य मन्त्रीको उम्मेदवार हुने हुँदा तीन जना आकांक्षीले आफ्नो अडान नछाडेपछि निर्वाचनबाट संसदीय दलको नेता चयन गरिने भएको हो । प्रदेश १ का ९३ सांसदमध्ये एमालेका ५१ जना छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);