प्रदेश नम्बर १ र ३ मा संसदीय दलको नेता चयनका लागि निर्वाचन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

प्रदेश नम्बर १ र ३ मा संसदीय दलको नेता चयनका लागि निर्वाचन

nirbachan

काठमाडौं, २६ माघ । नेकपा एमालेमा प्रदेश नम्बर १ र ३ मा संसदीय दलको नेता चयनका लागि निर्वाचन हुने भएको छ । पार्टीका पदाधिकारी नै आकांक्षी रहेका यी दुई प्रदेशमा संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुने भएको हो । संसदीय दलको नेता चयन भए मुख्यमन्त्री बन्ने पक्का भएकाले आकांक्षीहरु सहमतिका लागि तयार नभएपछि निर्वाचन हुने भएको हो । संसदीय दलको नेता चयनका लागि दुवै प्रदेशमा केहीबेरमा संसदीय दलको बैठक बस्दै छ ।

प्रदेश नम्बर १ मा पार्टी सचिव भीम आचार्य र पूर्व मन्त्री शेरधन राईले दलको नेतामा दाबी गर्दै आएकामा अर्का नेता जीवन घिमिरेले आफूलाई संसदीय दलको नेता बनाउनुपर्ने बताउँदै आएका छन । तीन नेताले अडान नछाडेका कारण एक नम्बर प्रदेशमा चुनावी कार्यक्रम अगाडि बढाइएको छ । तीनमध्ये आचार्य र घिमिरे नेता माधव नेपाल तथा राई पार्टी अध्यक्ष केपी शर्मा ओली निकट मानिनुहुन्छ । यो प्रदेशमा एमालेका ५१ जना सांसद छन् ।

प्रदेश नम्बर तीनमा पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले संसदीय दलको नेता दाबी गरिरहेकामा उनले राजेन्द्र पाण्डे र डोरमणि पौडेलले चुनौति दिइरहेका छन । माधव नेपाल पक्षकी शाक्यलाई चुनौति दिने पाण्डे हालैमात्र नेपाल पक्षबाट ओली गुटमा लागेका हुन । भने पौडेल पहिलेदेखि नै ओली गुटमै हुनुहुन्छ । ओली पक्षले पाण्डे र पौडेलमध्ये कसलाई अगाडि सार्छ भन्ने टुंगो लागेको छैन । यो प्रदेशमा एमालेका ५८ जना सांसद रहेकाले वहुमतका लागि ३० भोट चाहिन्छ ।

मुख्यमन्त्री एमालेको भागमा परेको प्रदेश नम्बर ४ मा पनि दलको नेता बन्नका लागि पार्टी सचिव पृथ्वी सुब्बा गुरुङ र स्थायी समिति सदस्य किरण गुरुङ प्रतिस्पर्धामा छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);