एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक आज बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक आज बस्दै

नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक आज बस्दै छ । एकता प्रक्रिया अगाडि बढाउने विषयमा छलफलका लागि एकता संयोजन समितिको बैठक बस्न लागेको हो ।

oli prachanda

काठमाडौं, २६ माघ । नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक आज बस्दै छ । एकता प्रक्रिया अगाडि बढाउने विषयमा छलफलका लागि एकता संयोजन समितिको बैठक बस्न लागेको हो । दुई पार्टीबीच तत्काल एकता गर्ने सहमति भएको चार महिना विते पनि हालसम्म राजनीतिक कार्यदिशा र सांगठनिक नेतृत्वबारे छलफल नै भएको छैन ।

समितिका यसअघि बसेका बैठक एकता प्रक्रियाभन्दा प्रतिनिधिसभा, प्रदेशसभा र राष्ट्रिय सभाको टिकटको भागबण्डामा मात्र केन्द्रीत भएका थिए । माओवादी केन्द्रले सरकार गठन पहिले नै एकताको खाका तयार पर्नुपर्ने बताउँदै आएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विहिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर एकताको स्पष्ट आधार तयार नभइ सहकार्य गर्न कठिन हुने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);