नेकपाले स्थगित स्थायी कमिटीको बैठक भदौ २६ गते | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

नेकपाले स्थगित स्थायी कमिटीको बैठक भदौ २६ गते

काठमाडाैं, २२ भदाै । नेकपाले स्थगित स्थायी कमिटीको बैठक भदौ २६ गते बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली,अर्का अध्यक्ष पुष्पकमल दाहाल र महासचिव बिष्णु पौडेलसहितको छलफलमा २६ गते स्थायी कमिटी बैठक बोलाउने सहमति भएको हो ।

गत असार १० गतेदेखि जारी नेकपा स्थायी कमिटी बैठक आन्तरिक विवादका कारण पटक–पटक स्थगित हुँदै आएको थियो । पछिल्लो पटक साउन १३ गतेलाई तय भएको बैठक प्रधानमन्त्री ओलीले एकतर्फी रुपमा स्थगित गरेपछि अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले सञ्चालन गरेका थिए ।

दुवैतर्फको उक्त कदमले नेकपाको विवाद चुलिएको थियो । बिवाद चुलिदै गएपछि बिवाद समाधानका लागि सुझाव दिन अध्यक्षद्वय ओली र दाहालबीच महासचिव पौडेललको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गर्ने सहमति भएको थियो ।

गत साउन ३० गते गठित कार्यदलले भदौ ६ गते ओली र दाहाललाई सुझाव सहितको प्रतिवेदन बुझाइसकेको छ । भदौ १८ गते बसेको नेकपाको सचिवालय बैठकमा प्रतिबेदनमाथि प्रारम्भिक छलफल भएको थियो । सोही प्रतिवेदनमाथि स्थायी कमिटीमा पनि छलफल हुने जनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);