अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्र र सरकार मिलेर अघि बढ्नुपर्नेमा प्रधानमन्त्रीको जोड | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्र र सरकार मिलेर अघि बढ्नुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौं, २२ भदौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

आइतबार साँझ बालुवाटारमा निजी क्षेत्रका प्रतिनिधिहरुसँग भएको छलफलमा प्रधानन्त्री ओलीले कोरोनाविरुद्ध सबै एकजुट भएर लड्नु पर्ने बताउनुभएको हो ।

छलफलमा सहभागी उद्योगी व्यवसायीहरुसँग प्रधानमन्त्री ओलीले अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्र र सरकार मिलेर अघि बढ्नुपर्ने भन्दै छलफल निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

कोरोनाविरूद्धको लडाई साझा लडाई भएको भन्दै प्रधानमन्त्री ओलीले यसमा सरकार कोरोनाको संक्रमण नियन्त्रण गर्न र अर्थतन्त्र विनाशमा जानबाट जोगाउन सन्तुलन कायम गरी अघि बढ्न प्रयत्नशील रहेको जानकारी गराउनु भयो ।

प्रधानमन्त्री ओलीसहित नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिहरुबीच करिब तीन घण्टा छलफल भएको थियोे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);