उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक अघि प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगे ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक अघि प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगे ओली

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको हो ।

भेटवार्तामा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ । रास्वापा सरकारबाट बाहिरिएपछि ओली र दाहालबीच भेटवार्ता बाक्लिएको छ ।

आज उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ । संयन्त्रमा सत्ता साझेदार ७ दलका शीर्ष नेताहरू रहेका छन् । उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक ओली हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);