निर्माणमुखी सामाग्री र फोहोरमैला व्यवस्थापन गर्न बनेको विधेयक मन्त्री मोदीलाई बुझाइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

निर्माणमुखी सामाग्री र फोहोरमैला व्यवस्थापन गर्न बनेको विधेयक मन्त्री मोदीलाई बुझाइयो

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपाल कानून समाजको संयुक्त विज्ञ टोलीबाट तयार भएको विधेयक सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई बुझाइएको छ ।

निर्माणमुखी केही सामाग्रीको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र फोहरमैला व्यवस्थापन सम्बन्धी कानूनलाई व्यवस्था गर्न बनेको विधेयक आज मन्त्रालयमा पुगेर मन्त्री मोदीलाई बुझाँइएको हो ।

नेपाल कानून समाजका अध्यक्ष तथा पूर्व मुख्य सचिव तिर्थमान शाक्य र नेपाल कानून समाजका कार्यकारी सदस्य तथा निवर्तमान नेपाल कानून आयोगका अध्यक्ष श्री माधव पौडेलले मन्त्री मोदीलाई संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको हो ।

नेपालको संविधान बमोजिम संघीय सरकारले र संघीय संसदले बनाउनुपर्ने कानून बमोजिम उक्त दुईवटा विधेयक मन्त्रालयको नेतृत्वमा विज्ञहरुबाट मस्यौदा तयार गरी संघ, प्रदेश र स्थानीय स्तरका सरोकारवालाहरुको विस्तृत सुझावको आधारमा तयार गरिएको उक्त विधेयकहरुमा स्थानीय सरकारले कार्यान्वयन गर्ने, प्रदेश सरकारले समन्वय गर्ने र संघले सहजीकरण गर्ने गरी व्यवस्था गरिएको छ ।
उक्त हस्तान्तरण कार्यक्रममा माननीय मन्त्रीले विधेयकहरु जरुरी भएको र प्राप्त विधेयकलाई मन्त्रालयमा छलफल गरी आगामी सदनमा पेश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । विधेयकहरु संसदमा पेश भएपछि पनि नेपाल कानून समाजको बौद्धिक सहयोग आवश्यक पर्ने विचार राख्नुभयो ।

नेपाल कानून समाजका अध्यक्ष श्री तिर्थमान शाक्य र कार्यकारी सदस्य श्री माधव पौडेलले उक्त विधेयकहरु अति जरुरी भएको हुँदा आगामी संसदमा नै पेश गर्न मन्त्रीलाई अनुरोध गर्दै नेपाल कानून समाज उक्त विधेयकहरु अन्तिम नभएसम्म निरन्तर सहयोग गर्न तयार रहेको बताउनुभयो । कार्यक्रममा मन्त्रालयका सहसचिव श्री रुद्र सिंह तामाङ र नेपाल कानून समाजका कार्यकारी निर्देशक श्री कृष्णमान प्रधानले विधेयकको विशेषता बारेमा जानकारी गराउनुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);