संञ्चार विधेयक सच्याउन लुम्बिनी प्रदेश सरकार सकरात्मक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

संञ्चार विधेयक सच्याउन लुम्बिनी प्रदेश सरकार सकरात्मक

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा दर्ता भएको सञ्चार विद्येयकमा भएका कमजोरी सच्याउन तयार भएको बताएको छ । विधेयकका विषयमा भएका असहमतिलाई सम्बोधन गर्दे प्रदेश सरकारले प्रदेशसभामा पेश भएका विधेयकका बारेमा बुँधागत रुपमा छलफल गर्न तयार भएको हो ।

लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री चेतनारायण आचार्यले सञ्चार विधेयकमा भएका कमजोरी सच्याउन प्रदेश सरकार तयार भएको बताएका छन् । उनले विधेयकका बारेमा छलफल गर्न तयार भएको भन्दै पत्रकारमहासंघ सरकारको विरुद्धमा उत्रिनु गलत भएको टिप्पणी समेत गरे ।

प्रदेश सरकारले संघीय कानूनभन्दा पृथक रहेर जान नसक्ने बताउँदै उनले पत्रकार महासंघलाई विधेयकमा भएका त्रुटिहरु सच्याउनका लागि मुर्त रुपमा छलफल गर्ने गरी आउन समेत आग्रह गरेका छन् । आफू मन्त्री हुनुभन्दा पहिले नै मन्त्रिपरिषदले निर्णय गरिसकेको विधेयक फिर्ता लिन नमिल्ने बताउँदै उनले त्यसमा भएका कमजोरीहरुलाई सच्याउनका लागि आफू प्रतिबद्ध रहेको जिकिर गरेका छन् ।

सो अवसरमा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले सञ्चार विधेयकमा भएका कमजोरीलाई सरकारले तत्काल सच्याउन माग गरेका छन् । उनले पत्रकारको हक हित कुण्ठित गर्ने गरी सरकारले पारित गरेको संञ्चार विधेयक आफूहरुलाई मान्य नभएकाले आन्दोलनमा जानुको विकल्प नभएको उल्लेख गरेका छन् । उनले सरकारलाई उक्त विधेयक तत्काल फिर्ता गर्न समेत सरकारको ध्यानकर्षण गराएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);