लुम्बिनी प्रदेश सञ्चार विधेयकप्रति महासंघको आप्पति, तत्काल विधेयक पुनर्लेखन गर्न आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

लुम्बिनी प्रदेश सञ्चार विधेयकप्रति महासंघको आप्पति, तत्काल विधेयक पुनर्लेखन गर्न आग्रह

काठमाडौँ। लुम्बिनी प्रदेश सरकारले सञ्चार परिषद् स्थापनाका लागि प्रदेशसभामा दर्ता गरेको सञ्चार विधेयकप्रति नेपाल पत्रकार महासंघ सम्बद्ध संघसंस्थाले आप्पति जनाएका छन् । प्रदेश सरकारले प्रेस स्वतन्त्रता, संविधानको मर्म र भावना विपरित नियन्त्रणमुखी कानून बनाउन लागेको भन्दै महासंघ आवद्ध संस्थाहरुले आप्पति जनाएका हुन्।

नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र लुम्बिनी प्रदेश समितिले शनिबार गरेको भर्चुअल छलफलमा सहभागी पत्रकारहरुले विधेयकमा व्यावसायिक र स्वतन्त्र प्रेसलाई नियन्त्रण गर्न खोजेको निष्कर्ष निकालेको छ । तत्काल प्रदेश सरकारले यो दर्ता खारेज र पत्रकारलाई जेल सजाय जस्ता आपत्तिजनक प्रावधानहरु राखिएकाले पुनर्लेखन हुनुपर्नेमा जोड दिएका छन् ।

त्यस्तै सञ्चार परिषद्को अध्यक्षमा मन्त्री र सदस्यहरू अधिकांश मन्त्रालयका सचिवहरू रहने गरी ल्याइएकोप्रति पत्रकारहरुले बिमति जनाउँदै अध्यक्षमा सञ्चार विज्ञ र बहुमत सदस्यहरु पत्रकार आवद्ध संघसंस्थाहरुबाट नियुक्त गर्न समेत अपिल गरेका छन् ।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले सञ्चारमाध्यमको दर्ता खारेजी, पत्रकारलाई ६ महिनादेखि १ वर्षसम्म जेल सजाय लगायतका प्रावधानहरु संविधान र प्रेस स्वतन्त्रता विरोधी रहेकाले तत्काल पुनर्लेखन हुनुपर्नेमा जोड दिएका छन् ।

अध्यक्ष पोखरेलले राज्यको चौथो अंगलाई अंकुश लगाउने काम पटक पटक हुँदै आएको भन्दै राज्यले यस्ता गतिविधि तत्काल नरोके आन्दोलनका कार्यक्रम अघि बढाइने उल्लेख गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);