लुम्बिनीमा राष्ट्रियसभा सदस्यको निर्वाचन जारी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

लुम्बिनीमा राष्ट्रियसभा सदस्यको निर्वाचन जारी

काठमाडौं, २५ माघ । लुम्बिनी प्रदेशमा अहिले राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान जारी छ । बुधबार बिहान १० बदेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ ।

मतदान दाङ घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान हुने प्रदेश निर्वाचन कार्यालयमा भइरहेको छ । मतगणना सकिएको एक घन्टाभित्रै परिणाम सार्वजनिक भइसक्ने कार्यालयको अनुमान छ । माघ ११ गते राष्ट्रियसभा सदस्य पदका लागि तीन दलबाट तीन जनाको उम्मेदवारी दर्ता भएको थियो । सत्तारूढ दलमध्येका नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस गरि तीन जना चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् ।
एमालेका उम्मेदवार कुमार दसौदी, कांग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय प्रतिष्पर्धामा उत्रिएका हुन् ।

गत असोज २३ गते नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रूपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको स्थानमा पदपूर्तिका लागि उपनिर्वाचन हुन लागेको हो । राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने छन् । प्रदेशसभा सदस्य एक जनाको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखमध्ये हरेकको मतभार १८ हुन्छ । लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या ३०५ रहेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);