बस्ने भयो एक बर्षपछि नेकपाको सचिवालय बैठक र स्थायी समिति बैठक | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

बस्ने भयो एक बर्षपछि नेकपाको सचिवालय बैठक र स्थायी समिति बैठक

nekapa

काठमाडौं, २८ मंसिर । नेकपाको सचिवालय बैठक र स्थायी समिति बैठक आज बस्दै, नेपाली कांग्रेस केन्द्रीय कार्यासमिति बैठक पनि आजै बस्ने ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय र स्थायी समिति बैठक आज बस्दैछ ।

सचिवालय बैठक बिहान र स्थायी समिति बैठक दिउँसो पार्टी कार्यालय धुम्बाराहीमा बस्न लागेको हो । विधानमा ३÷३ महिनामा बस्नुपर्ने भनिएको स्थायी समिति बैठक ठीक एक वर्षपछि बस्न लागेको हो । अघिल्लो वर्ष पनि मंसिर २९ गतेदेखि बैठक बसेको थियो। सचिवालय बैठकमा स्थायी समितिमा पेश गरिने एजेन्डाको बारेमा छलफल हुने छ । यता प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पनि आज बस्दै छ । बैठक आज दिउँसो केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो । आजको बैठकमा भातृ संस्था, पार्टीको १४ औं महाधिवेशनको कार्ययोजना, र विभागहरुको संख्या बढाउने बारे छलफल हुने बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);