नेकपा सचिवालय बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

नेकपा सचिवालय बैठक बस्दै

काठमाडौं, ६ असोज । नेकपाको सचिवालय बैठक आज बस्दै छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो साढे १२ बजेपछि बैठक बस्न लागेको हो ।

त्यसअघि आइतबार तत्कालीन माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा सचिवालय बैठक बसेको थियो ।

आजको बैठकमा आइतबार उठाइएका विषयले निरन्तरता पाउने बताइएको छ । संवैधानिक निकायका रिक्त पदमा नियुक्ति, एकताका बाँकी कामलाई पूर्णता, महाधिवेशनको तयारीका लागि साङ्गठिक काम र योजना तथा मन्त्रिपरिषद सदस्यहरु हेरफेर गर्नेलगायतका विषयमा छलफल हुनेछ ।

यसैगरी कोरोना महामारीका समयमा सङ्घीय सांसद्ले बैठक भत्ता नलिने र केन्द्रीय सदस्यका लागि आर्थिक सहयोग गर्ने विषय पनि कार्यसूचीमा राखिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);