नेकपाको सचिवालय बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

नेकपाको सचिवालय बैठक बस्दै

PM-Nibas-Baluwatar

काठमाडौं, ५ साउन । सत्तारुढ दल नेकपाको सचिवालय बैठक आज बस्दै छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा जिल्ला इञ्चार्ज, केन्द्रीय विभाग, आयोग, सल्लाहकार परिषद् लगायतमा जिम्मेवारी टुंगो लगाउने जनाइएको छ । नेकपाको ३२ केन्द्रीय विभागमध्ये पूर्वएमालेले १८ र पूर्वमाओवादीले १४ वटा पाउने सहमती शीर्ष तहमा भएको जनाइएको छ । भागवण्डाअनुसार नेताहरुको नाम टुंगो लगाउन बैठक बस्न लागेको हो ।

सचिवालय बैठक बस्नु अघि पूर्व एमाले र माओवादीका नेताहरुले छुट्टाछुट्टै बैठक बसेर आन्तरिक छलफल गरेका थिए । पार्टी एकता भएको १३ महिना बितिसक्दा पनि नेकपाका केन्द्रिय सदस्यहरु कामबिहिन भएका थिए । आजको बैठकले केन्द्रिय सदस्यहरुको कायविभाजन समेत टुंगो लगाउने जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);