नेकपाको सचिवालय बैठक बालुवाटारमा जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेकपाको सचिवालय बैठक बालुवाटारमा जारी

नेकपाको सचिवालय बैठक

बैठकमा केन्द्रिय सदस्यको कार्यबिभाजनबारे छलफल

काठमाडौं, ७ असार । प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बसिरहेको छ । जारी बैठकमा केन्द्रीय सदस्यको कार्यबिभनजन र समसामयिक विषयबारे छलफल भइरहेको जनाइएको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली युरोप भ्रमणबाट फर्किएपछि पहिलो पटक सचिवालय बैठक बसेको हो । यसअघि गत जेठ २३ गते बसेको बैठकमा पार्टी केन्द्रीय सदस्यको कार्यविभाजनका विषयमा छलफल भए पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली युरोप भ्रमणमा जानुपर्ने र कार्यबिभाजनबारे तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो । नेकपाका केन्द्रीय सदस्यको कार्यविभाजनबारे पटक÷पटक बैठक बसे पनि टुङग्याउन सकेको थिएन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);