इन्काउण्टर संस्कृति विकास हुँदै गएकोमा मानवअधिकार आयोगको चिन्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

इन्काउण्टर संस्कृति विकास हुँदै गएकोमा मानवअधिकार आयोगको चिन्ता

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा

काठमाडौं, ७ असार । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले इन्काउण्टरको संस्कृति विकास हुँदै जाँदा कानुनी राज्यको उपहास हुने भन्दै सरकार र मातहतका निकायलाई त्यस तर्फ सचेत बन्न सुझाव दिनुभएको छ ।

आयोगले शनिबार राजधानीमा गरेको कार्यक्रममा बोल्दै उहाँले पछिल्लो समय इन्काउण्टर संस्कृति विकास हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुभएको हो । कुनै पनि आपराधिक घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान गरि अपराध प्रमाणित गर्नुपर्नेमा प्रहरीले आफ्नो सजिलोका लागि इन्काउण्टर शब्द प्रयोग गरि व्यक्ति हत्या गर्ने प्रवृति बढ्दै जाँदा त्यसले कानूनलाई उपहास गर्ने उहाँको भनाई थियो । उहाँले भन्नुभयो “इन्काउण्टर संस्कृतिको विकास भो भने कानुनी राज्यको उपहार गर्छ ।”

चरि, घैटे र भक्तपुरका बालक अपहरण पछि हत्यामा संलग्न दुईजनाको इन्काउण्टरमा मृत्यु भएको घटनालाई आयोगले अध्ययन गरिररहेको पनि उहाँले स्पष्ट पार्नुभयो । पछिल्लो समय नेत्र विक्रम चन्द समुहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरीको इन्काउण्टरमा मृत्यु भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);