प्रहरी इन्काउन्टरबारे छानबिन गर्ने गृहमन्त्रीको प्रतिवद्धता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

प्रहरी इन्काउन्टरबारे छानबिन गर्ने गृहमन्त्रीको प्रतिवद्धता

rambahadur thapa

काठमाडौं, २४ साउन । गृहमन्त्री राम बहादुर थापाले निशान खड्काको अपहरणमा संलग्न दुई व्यक्तिको प्रहरी इन्काउण्टरमा मृत्यु भएको सम्बन्धमा छानबिन गर्ने प्रतिवद्धता जनाएका छन् । बिहीवार सिंहदरबारमा बसेको बैठकमा गृहमन्त्री थापाले इन्काउण्टरबारे सरकारले छानविन गर्ने बताएका छन् ।

बालक अपहरण पछि हत्यामा संलग्न भएको भनिएका गोपाल तामाङ र अजय तामाङलाई डेराबाट नियन्त्रणमा लिएर प्रहरीले भक्तपुरको पाईलटबाबा आश्रम नजिकको जंगलमा लगेर इन्काउण्टर गरेको घटना शंकास्पद भएको भन्दै समिति सदस्यहरुले स्पष्ट छानविनको माग गरेपछि गृहमन्त्रीले प्रतिवद्धता जनाएका हुन् ।

प्रहरीले बालक बचाउन नसकेपछि आफ्नो कमजोरी लुकाउन इन्काउण्टरको नाममा उनीहरुको हत्या गरेको भन्दै प्रहरी प्रशासनको सर्वत्र आलोचना भईरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);