खानतलासीको नाममा प्रहरीले ज्यादती गरेकाे आराेप | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

खानतलासीको नाममा प्रहरीले ज्यादती गरेकाे आराेप

भैरहवा। रुपन्देहीको सियारी गाउँपालिका-१ का वडाअध्यक्ष अरुण शाहीले प्रहरी प्रशासनले खानतलासीको नाममा ज्यादती गरकाे आराेप लगाएका छन् । उनका अनुसार प्रहरीले मंगलबार मध्यराति घरैमा आएर आफूले प्रयोग गर्ने बा१६च २३६३ नम्बरको गाडी खानतलासीकाे नाममा टर्चर दिएकाे छ। वडाअध्यक्ष शाहीले बुधबार सियारी–१  निवासमा पत्रकार सम्मेलन आयाेजना गरी घटनाबारे जानकारी दिएका छन् । खानतलासी गर्न पाउने प्रहरीको अधिकार भए पनि खानतलासी पुर्जी नदिइ एक्कासी आएर राजनीतिक प्रतिसोध साँधेकाे उनकाे भनाइ छ। पार्किङ गरेर राखेको गाडी खानतलासी गर्दा केही नभेटेपछि प्रहरी फर्केको थियो । सवारी चेकजाँच गर्दा उनी घरमा थिएनन् । वडाअध्यक्षको गाडी शंकास्पद भएको भन्दै वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले मंगलबार राति चेकजाँच तथा खानतलासी गरेको थियो । वडा प्रहरी कार्यालय भैरहवाका प्रहरी निरीक्षक मधु नेपाल नेतृत्वमा गएकाे टाेलीले मध्यरातमै माथिकाे आदेश भन्दै खानतलासी गरेकाे थियाे । दाेस्राे पटक निर्वाचित भएका वडाध्यक्ष शाहीलाई स्थानीयले समेत साथ दिँदै आएका छन् ।

पूर्व गृहमन्त्री तथा राप्रपा नेता निरन्जन थापाले प्रहरी दबाब र प्रभावमा परेर कानुनविपरित काम नगर्न चेतावनी दिए । प्रहरीले अनावश्यक रुपमा दु:ख गर्ने गरी मध्यरातमा घरमै पुगेर गरेकाे कार्यप्रति राप्रपाले विराेध गरेकाे छ।

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);