बिष्फोटक पदार्थ र हातहतियार सहित दुईजना प्रक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

बिष्फोटक पदार्थ र हातहतियार सहित दुईजना प्रक्राउ

काँकरभिट्टा, २४ असोज । इलाका प्रहरी कार्यालय काँकरभिट्टाले लागु औषध, बिष्फोटक पदार्थ र हातहतियारमा संलग्न दुईजनालाई प्रक्राउ गरेको छ । बुधवार प्रत्रकार सम्मेलनको आयोजना गरी उनीहरुलाई सार्वजनिक गरिएको छ ।

प्रक्राउ पर्नेमा मेचीनगर–६ का विशाल लिम्बु र मेचीनगर–८ का अनुप उराउ रहेका छन् । प्रहरीले मंगलवार मेचीनगर ६ बाट शंकास्पद रुपमा भारतीय नम्वरको बोलेरो गाडी चेकजाँच गर्दा नाईट्रोशन लगायतको लागुऔषध फेला परेको थियो ।

साथै, प्रहरीले आरोपित लिम्बुको घरमा खानतलासी गर्दा लागुऔषध चरेस, बिष्फोटक पदार्थ, पड्काउने फ्युज केप तार, नक्कली पेस्तोल लगायत विभिन्न कागजात फेला परेको झापाका प्रहरी उपरीक्षक भिम प्रसाद ढकालले बताए । उनीहरुको वारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);