पाँच लाख घुससहित सहन्यायाधिवक्ता पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

पाँच लाख घुससहित सहन्यायाधिवक्ता पक्राउ

pakrau

काठमाडौं, २५ असोज । उच्च सरकारी वकिलको कार्यालय पोखराका सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापा पक्राउ परेका छन् ।

ठगी मुद्धाका प्रतिवादीविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने सर्तम ५ लाख रुपैयाँ घुस लिँदालिँदै उनी समातिएका हुन् । घुस रकम लिएको सुचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयबाट खटिएका कर्मचारीसहितको टोलीले थापालाई कार्यालयबाटै पक्रिएको हो ।

थापा समातिँदा अख्तियारका प्रमुख आयुक्त नवीनकुमार घिमिरे नयाँ निर्माण हुन् थालेको अख्तियार भवन शिलान्याशका क्रममा पोखरामै थिए ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);