वैदेशिक रोजगार विभागका नायब सुब्बा घुस लिंदै गर्दा समातिए | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

वैदेशिक रोजगार विभागका नायब सुब्बा घुस लिंदै गर्दा समातिए

akhtiyar

काठमाडौं, २८ पुष । घुस अड्डाका रुपमा चर्चित वैदेशिक रोजगार विभागका कर्मचारी घुस लिंदै गर्दा पक्राउ परेका छन् । पक्राउ परेका नायब सुब्बा खगेन्द्रप्रसाद गौतम, दुई लाख ३४ हजार घुससहित समातिएका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागको काठमाडौंको ताहचलस्थित कार्यालयका कर्मचारी घुस रकमसहित पक्राउ गरेको हो । अख्तियारको टोलीले नासु गौतमलाई आज गोंगबुबाट दुई लाख ३४ हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो । गौतमलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);