घुस रकमसहित प्रहरी नायब निरीक्षक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

भदौ ३ २०७९, शुक्रबार

घुस रकमसहित प्रहरी नायब निरीक्षक पक्राउ

Ghush-News

कास्की । गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बाग्लुङमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) रूपनारायण महतो घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले महतोलाई घुस सहित पक्राउ गरेको हो । सई महतोलाई ३८ हजार रुपैयाँ घुस रकमसहित मंगलबार बेलुकी पक्राउ गरिएको आयोगका पोखरा प्रवक्ता देवप्रसाद थपलियाले बताए । महतोले लेनदेन मुद्दा मिलाइ दिने भन्दै सेवाग्राहीसँग ३८ हजार रुपैयाँ लिएका थिए । आयोगको टोलीले रकमसहित महतोलाई बाग्लुङ नगरपालिका २ स्थित विपद् व्यवस्थापन गुल्म नजिकैबाट पक्राउ गरेको हो ।

Leave a Reply