भूकम्प र आगलागी सम्बन्धी कृतिम घटना अभ्यास  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

भूकम्प र आगलागी सम्बन्धी कृतिम घटना अभ्यास 

बैतडी । बैतडीमा भूकम्प र आगलागीसम्बन्धीको कृतिम घटना अभ्यास गरिएको छ । जिल्ला विपद व्यवस्थापन समिती बैतडी र नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीको साझेदारीमा कृतिम घटना अभ्यास गरिएको हो । दशरथचन्द नगरपालिकाको सुन्दरखाली स्थीत खेल मैदानमा उक्त घटना अभ्यास प्रर्दशन गरिएको रेडक्रस जिल्ला शाखा बैतडीका कार्यक्रम संयोजक गोबिन्द बल्लभ पन्तले बताए ।

बुधबार भएको कार्यक्रममा भूकम्प र आगलागीका बेला कसरी सुरक्षीत हुने र सरोकारवाला निकायलाई कसरी खबर गर्ने भन्ने विषयमा नमुना प्रदर्शन गरिएको हो । कार्यक्रममा विपद व्यवस्थापनका लागी खटिने जिल्ला स्थीत सबै कार्यालयले आ-आफ्नो प्रस्तुती राखेका छन् ।

रेडक्रसले विपदका बेला राहत, प्राथमिक उपचार र सुरक्षित आवासमा भुमिका खेल्ने, शिक्षा क्षेत्रमा पर्ने प्रभावमा शिक्षा विकास तथा समन्वय इकाईले भुमिका खेल्ने, हिंसाका बिषयमा सामाजिक विकास कार्यालय, उद्धारमा सुरक्षा निकाय खटिने लगायतका विषयमा जानकारी गराइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);