बाँकेको राप्ती नदीमा बाढीको कृत्रिम घटनाको अभ्यास (फाेटाे फिचर) | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०७९, शुक्रबार

बाँकेको राप्ती नदीमा बाढीको कृत्रिम घटनाको अभ्यास (फाेटाे फिचर)

बाँके । बाँकेको राप्ती नदीमा शुक्रबार बाढीको कृत्रिम घटनाको अभ्यास गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा नेपाली सेना, शसस्त्र प्रहरी , नेपाल प्रहरी , रेडक्रसको सहभागितामा राप्ती नदीको सिधनियाघाटमा बाढीको कृत्रिम घटनाको अभ्यास गरिएको हो ।

राप्ती नदीले बर्षेनी जिल्लाको तटिय क्षेत्रमा डुबान र कटान गर्ने गर्दछ । नेपाली सेना , शसस्त्र प्रहरी , नेपाल प्रहरीले डुबान पीडितको उद्वार अभ्यास गरेका थिए भने डुबानमा परेका केही व्यक्तीहरुको उद्वार समेत गरिएको थियो ।

बाढी आउँदा खोज र उद्वार कार्यलाई कसरी गर्न सकिन्छ भनेर कृत्रिम घटनाको अभ्यास गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।

Leave a Reply