आन्तरिक उडानका लागि टिकट बुकिङ सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

आन्तरिक उडानका लागि टिकट बुकिङ सुरु

tribhuwanintlairport

काठमाडौं । असार १७ गतेबाट हुने नियमित उडानका लागि आन्तरिक वायु सेवा कम्पनीले टिकट बुकिङ थालेका छन् ।

बुद्ध एयर र यति एयरलाइन्सले टिकट बुकिङ सुरु भएको जानकारी गराएका छन् । सरकारले साविकको तुलनामा ५० प्रतिशत पनि ननाघ्ने गरी उडान संख्या तय गरी आन्तरिक उडान सुरु गर्ने निर्णय गरेको हो ।

सरकारले एक साताको समय राखी १ जुलाईबाट उडान गर्न अनुमति दिएको हो । कम्पनीहरुका अनुसार यात्रुले टिकट काट्न मोवाइलएप, वेवसाइट, रिजर्भेसन, नजिकको सेल्स काउन्टर वा ट्राभल एजेन्सीबाट समेत सक्ने भएका छन् ।

सरकारले निजी सवारी साधनलाई जोर विजोर प्रणालीमा चलाउने गरी निषेधाज्ञा खुकुलो बनाएको छ । यससँगै वायु सेवा कम्पनीलाई उडान सूचारु गर्न समेत बाटो खुलेको हो ।

यति एयरलाइन्सका अनुसार कम्पनीले स्वास्थ्य सम्बन्धी सम्पूर्ण मापदण्डको पूर्ण पालना गरी उडान थाल्ने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);