विपद्को समयमा दोब्बर भाडा असुल्ने दाउमा निजी एयरलाइन्स | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

विपद्को समयमा दोब्बर भाडा असुल्ने दाउमा निजी एयरलाइन्स

जुम्ला । अविरल वर्षाका कारण जुम्लामा बाढीपहिरोले ठुलो क्षेती भएको छ । ठाउँठाउँमा गउकाे पहिरोले गर्दा कर्णाली राजमार्ग अवरुद्ध छ । राजमार्ग खुलाउन लागि सबै निकाय लागेका छन् । यद्यपि, राजमार्ग पूर्ण रुपमा सञ्चालन  हुन लामो समय लाग्ने प्रष्ट छ ।

यही माैका छाेपेर निजी वायु सेवा कम्पनीहरूले भने मनलाग्दी भाडा असुली रहेका छन् । अहिले जुम्लाकाे एक मात्रै यातायता सेवा भनेकाे हवाइ उडान मात्रै हाे । यही माैकामा उनीहरूले नियमित उडान नभरेर चार्टर्ड उडान सुरू गरेका छन् ।

एकतर्फी मात्रै यात्रु हुने र सञ्चलान खर्च धान्न नसक्ने भन्दै वायुसेवा कम्पनीहरूले  अत्यधिक भाडा लिएर टिकट बिक्री गरिरहेका छन् । लोकसेवा आयोगको परीक्षा दिने विद्यार्थीहरूले  जुम्लाबाट नेपालगन्जकाे प्रतिव्यक्ति १४ हजार रूपैयाँसम्म भाडा तिर्दा पनि टिकट नपाएकाे गुनासाे गरेका छन् ।

परीक्षा  दिने विद्यार्थी, गम्भीर बिरामी र विभिन्न प्रतियोगितामा भाग लिने खेलाडीलाई प्रथामिकता दिएर उडाउन भर्न जुम्ला प्रशानले लिष्ट बनाएकाे थियो । त्यही प्रथामिकताका अधारमा  प्रशासनले प्रवेश पत्र मागेर लोक सेवा आयोगकाे  परीक्ष दिन मिति  हेरेर विद्यार्थी हवाईजहाजमा पठाएको थियो । जसमा ३८ जना विद्यार्थी, १३ जना खेलाडी, दुई जना बिरामी पठाएको सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बताइन् ।

प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले हिमा गाउँपालिका राहत पुर्याउन आएको  सेनाको हेलिकाेप्टरलाई अनुरोध गरी ६ जना एसडिबिमा परीक्षा दिने विद्यार्थी पठाएको बताए । केही भिसा लागेका, बिरामी र विद्यार्थी पठाएको हाे । उनले भने, ‘प्रशासनले जाहजको टिकट बाँड्ने होइन । गुनासो गर्न आएका नागरिकको समस्या समाधानको लागि  एयरलाइन्ससंग अनुराेध गरेको हो ।’

जुम्लामा यतिवेला मात्रै नभइ लामो समयदेखि हवाइ सेवा प्रदायकको टिकट बुकिङ एजेन्टमार्फत हुँदा नागरिकले सास्ती पाएका छन् । एजेन्टमार्फत टिकट वितरण हुने प्रणालीका कारण तालिका (सेड्यूल)अनुसार उडान हुने फाइदा नागरिकले लिन नपाएको नागरिक समाजका अध्यक्ष राजबहादुर महतले बताए । उनका अनुसार जुम्लाबाट उडान भर्ने नेपाल वायुसेवा निगमको उडान कम्पनीमार्फत हुने भए पनि अन्य निजी विमान कम्पनीहरूले एजेन्टमार्फत टिकट बिक्रीवितरण गर्दा यसको फाइदा नागरिकले लिन नपाएकाले  हुन् ।

नियमित उडान भन्दा चार्टड उडानको धन्दा बढी 
नागरिक उड्डयन प्राधिकरण जुम्लाका अनुसार अक्टोबर महिनाको १५ दिनमा समिट एयरले  सात वटा  उडान भरेको छ । जसमा चार वटा नियमित र तीन वटा चार्टड उडान गरेको छ । तारा एयरले  चार वटा उडान भरेको छ भने जसमा एक चार्टड  उडान गरेको छ । नेपाल एयरलाइन्सले एक वटा उडान मात्रै गरेको छ ।

जुम्लाबाट सेडुल उडानमा यात्रा गर्ने यात्रुको भाडादर ६ हजार नौ सय  छ । तर, चार्टड उडानका लागि १४ हजार तिर्ने गरेका छन् । यस्तै नेपाल एयरलाइन्सले ६ हजार ५ सय ७५ रुपैयाँ लिँदै आएको छ ।

यस्तो छ सेडुल उडान 
नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमति महाशाखाले स्विकृत गरेको तालिकाअनुसार जुम्लामा तारा एयरले मंगलबार र समिट एयरको शुक्रबार उडान भर्नुपर्ने तालिका (सेड्यूल) छ।

यस्तै, नेपाल एयरलाइन्सले आइतबार उडान भर्नु पर्छ। तर, पछिल्लो समयमा नेपाल एयरलाइन्सले आइतबार उडान भर्ने सेड्यूल  कागजमै सिमित छ । जुम्लाबाट उडान भर्ने नेपाल वायुसेवा निगमको उडान कम्पनीमार्फत हुने नेपाल एयरलाइन्सले महिना तीन वटा मात्रै उडान भर्ने गरेकाले जुम्ली जनता निजी यर लाइन्सको महंगो हवाई भाडा तिर्न बाध्य छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);