सिन्धुपाल्चोकमा भूकम्पसम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सिन्धुपाल्चोकमा भूकम्पसम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न

देबराज सुवेदी १८ चैत्र, सिन्धुपालचोक ।
सिन्धुपाल्चोक जिल्ला सदरमुकाममा भूकम्पसम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न भएको छ । जिल्ला दैवि प्रकोप उद्दार समिति सिन्धुपाल्चोकको आयोजनामा शुक्रबार भूकम्प अभ्यास कार्यक्रम गरिएको हो। जिल्लामा कार्यरत विभिन्न गैरसरकारी संस्थाहरुको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो। भूकम्पको आपत्कालीन

सिन्धुपाल्चोकमा भूकम्पसम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न

सिन्धुपाल्चोकमा भूकम्पसम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न देबराज सुवेदी १८ चैत्र, सिन्धुपालचोक । सिन्धुपाल्चोक जिल्ला सदरमुकाममा भूकम्पसम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न भएको छ । जिल्ला दैवि प्रकोप उद्दार समिति सिन्धुपाल्चोकको आयोजनामा शुक्रबार भूकम्प अभ्यास कार्यक्रम गरिएको हो। जिल्लामा कार्यरत विभिन्न गैरसरकारी संस्थाहरुको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो। भूकम्पको आपत्कालीन अवस्थामा कसरी सुरक्षित तरिकाले उद्धार तथा खोजी गर्न सकिन्छ भन्ने जनचेतना जगाउनको लागि कृत्रिम अभ्यास कार्यक्रम गरेको जिल्ला दैवि प्रकोप उद्धार समिति अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालले बताए। संघसंस्थामा कार्यरत कर्मचारी, नेपाली सेना, प्रहरी र सर्वसाधारण उपस्थित थिए । जिल्लाका प्रमुख अड्डाहरु पनि अस्थायी रुपमै टुडिँखेलमा खडा गरिएको थियो। घाइतेहरुको उपचार सेवा, आगलागी नियन्त्रण गर्नुका साथै भूकम्पको वेलामा आइपर्ने सम्पूर्ण घटनाको प्रस्तुति गरिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);