बीरगञ्जमा जनचेतना मूलक कार्यक्रम सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

बीरगञ्जमा जनचेतना मूलक कार्यक्रम सम्पन्न

बीरगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा तथा जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा सोमबार घण्टाघरमा जनचेतना मुलक कार्यक्रम तथा प्रभात फेरी गरि मास्क बितरण गरिएको छ ।

खोई तपाईको मास्क? बिषयमा भएको सो कार्यक्रममा बीरगञ्ज मनपाका उप मेयर शान्ति कार्की, पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे, जिप्रका पर्साका प्रमुखप्रहरी उपरिक्षक बेल बहादुर पाण्डे, सशस्त्रप्रहरी बल पर्साका गणपति प्रहरी उपरिक्षक राजेन्द्र खडका, श्री चण्डी गण पर्साका निर्मित गणपति नैना बस्नेत, व्यवस्थितवीरगञ्जका संयोजक दिलिप राजकार्की,बीरगञ्ज साइक्लिङ्ग क्लबका सन्जय अग्रवाल,रोट्रयाक क्लब बीरगञ्ज पदाधिकारी युवा अभियन्ता लगायतकाको सहभागीता रहेको थियो ।

कोभिडबाट जोगिन मास्क लगाउनुको औचित्य र अनिवार्यता सम्बन्धमा पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जोड दिएका थिए भने बीरगञ्जको घण्टाघर देखि माईस्थान सम्म जनचेतना मुलक प्लेकार्ड ब्यानर सहित प्रभात फेरी गरि मास्क बितरण गरिएको थियो । माई स्थानमा पुगेपछि जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेय कोभिडबाट जोगिन मास्कको अनिवार्यता र आगामी दिनमा नलगाउनेलाई कारवाही समेत हुने जानकारी गराउदै कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);