चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८०, सोमबार

चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ

पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले चार वटा चोरीको मोटरसाइकल सहित दुई जनालाई पक्राउ गरेको छ । चोरीको मोटरसाइकल बिक्री गर्ने मनसायले आफ्नै घर अगाडिको खाली जग्गामा लुकाइछिपाई राखिएको थियो ।

चोरीको अभियोगमा बीरगञ्ज महानगरपालिका वडा नं.३० लालपर्सा प्रसोतिपुर बस्ने आकाश यादव र सोही स्थान बस्ने कृष्ण पटेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता ओम प्रकाश खनालले बताए ।

बरामद गरिएका मोटरसाइकलहरु बा.४२ प ५२६३ नम्बरको कालो पल्सर, ना.१६ प ३३६७ नम्बरको हरियो पल्सर, ना.१४ प ८४ नम्बरको प्यासन प्रो र ग.१ प ७६९४ नम्बरको आर एक्स यामाहा रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता ओम प्रकाश खनाल बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);