रेड पाण्डाको छाला सहित ३ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

रेड पाण्डाको छाला सहित ३ जना पक्राउ

कपिलवस्तु । वाणगंगा नगरपालिका-४ सिद्धिपुरस्थित बराल होटल रेष्टुरेन्ट एण्ड लजबाट २ थान रेड पाण्डाको छाला र १ थान रेड पाण्डाको पुछर सहित ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा झापा बिर्तामोड नगरपालिका-५ बस्ने २९ वर्षीय खगेन्द्र पुरी, सोही ठाउँ बस्ने ३२ वर्षीय आशिष जोगी र २६ वर्षीय सौरब राजवंशी रहेका छन् ।

उक्त लजमा रेडपाण्डाको छाला कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले होटेल तलासी गर्ने क्रममा उक्त छाला र पुछर सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले कपिलवस्तुले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);