१ थान पेस्तोल सहित ३ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

१ थान पेस्तोल सहित ३ जना पक्राउ

पर्सा । वीरगंज महानगरपालिका-१५ ब्रह्मचोकबाट १ थान पेस्तोल सहित ३ जानलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही महानगरपालिका-१२ ठेगाना भएका ३५ वर्षीय अनिल साह, सुनसरी धरान उपमहानगरपालिका-१५ ठेगाना भएका ३२ वर्षीय रवि पौडेल र पर्सा पकाहामैनपुर गाउँपालिका-७ ठेगाना भएका ४० वर्षीय विजय कुमार पटेल रहेका छन् ।  

सोही ठाउँस्थित एक होटलमा ३ जना व्यक्तिहरु सानो हतियार बेचविखन गर्ने उद्देश्यले बसिरहेका छन् भन्ने सूचनाको आधारमा २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरुलाई तलासी गर्दा उक्त पेस्तोल फेला पारी पक्राउ गरेको हो ।

उनीहरु उपर हातहतियार सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);