१ थान पेस्तोल र २० थान गोली सहित ३ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

१ थान पेस्तोल र २० थान गोली सहित ३ जना पक्राउ

काठमाडौं,२४ मंसिर । मकवानपुर, हेटौंडा उपमहानगरपालिका–१० बाट १ थान पेस्तोल र २० थान गोलीसहित सोही उपमहानगरपालिका–९ बस्ने ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्रीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
सोही उपमहानगरपालिका९ स्थित सूर्य प्रसाद पौडेलको घरमा मंसिर १८ गते गोली प्रहार भएको घटनाको अनुसन्धानको क्रममा घटनामा उनीहरूको संलग्नता खुल्न आएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । साथै उनीहरूबाट हतियार सफा गर्ने रड १ थान, लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ४ सय मिलिग्राम, लागूऔषध तौल गर्ने डिजिटल तराजु २ थान, मोटरसाइकल २ थान, मोबाइल ५ थान, नगद ५० हजार रूपैयाँ र घटनामा प्रयोग भएको कपडा १ थानसमेत प्रहरीले बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरी आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);