ब्राउनसुगरसहित बर्दियाबाट ४ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

जेठ १५ २०८१, मंगलबार

ब्राउनसुगरसहित बर्दियाबाट ४ जना पक्राउ

बर्दिया,२० मंसिर । अवैध लागूऔषध ब्राउनसुगरसहित बर्दियाबाट ४ जना पक्राउ परेका छन् । बढैयाताल गाउँपालिका–७ बाट १ जना र सोही गाउँपालिका(२ फुटाहाबाट ३ जना गरी ४ जनालाई अवैध लागूऔषध ब्राउनसुगर २४ ग्राम ९० मिलिग्राम सहित मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

सोही गाउँपालिका–७ बाट पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका(१५ बस्ने २४ वर्षीय निरज कुमार थारु रहेका छन् । भे.३ प २६९६ नम्बरको मोटरसाईकलमा सवार उनलाई जिल्ला प्रहरी कार्यालय बर्दिया र ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले २२ ग्राम ५ सय ६० मिलिग्राम उक्त पदार्थसहित मंगलबार दिउँसो पक्राउ गरेको हो ।

यसैगरी बढैयाताल गाउँपालिका–२ फुटाहाबाट पक्राउ पर्नेमा सोही गाउँपालिका–१ ठूलो डाँफे बस्ने २२ वर्षीय रवी रसाईली समेत ३ जना रहेका छन् । प्रदेश २–०३–०१५ प ००९४ नम्बरको स्कुटरमा सवार उनीहरूलाई प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले १ ग्राम ५ सय ३० मिलिग्राम उक्त पदार्थसहित मंगलबार साँझ पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);