चोरीको बाइक सहित एकजना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

चोरीको बाइक सहित एकजना पक्राउ

काठमाडौं । ट्राफिक प्रहरीले चोरीको मोटरसाइकल सहित १ जनालाई पक्राउ गरेको छ ।

काठमाण्डौको तारकेश्वर नगरपालिका ५ गुम्बावाट हिजो चोरीको मोटरसाइकल सहित १ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा काठमाण्डौकै गोलढुङ्गा बस्ने गोरखाको पालुङटार नगरपालिका १ का २६ वर्षीय दिनेश गिरी रहेका छन् ।

गत वैशाख १७ गते मनमैजुवाट प्रदेश ३–०२–०१०प ७०८० नम्बरको पल्सर मोटरसाइकल हराएको भनी धादिङका बलराम श्रेष्ठले काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिनुभएको थिए । खोजी गर्ने क्रममा परिवर्तित प्रदेश ३–०२–०११ प ४५९१ नम्बर राखेर मोटरसाइकल चलाइरहेको अवस्था गिरीलाई पिडित सहायता इकाइवाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

गिरीलाई थप अनुसन्धान तथा कारवाहीको लागी प्रहरी वृत्त बालाजु पठाइएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनुभयो । सवारी साधन चोरी हुन तथा हराउनबाट जोगाउन आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरु जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ्ग नगर्न प्रहरीको अनुरोध छ ।

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);