काठमाडौंबाट ६ जुवाडे पक्राउ | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

काठमाडौंबाट ६ जुवाडे पक्राउ

काठमाडौं,१४ साउन । जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१६ कुमारीथान बस्ने विजय थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने झापा कनकाई नगरपालिका–२ घर भएकी ३५ वर्षीया पदमा मगर समेत ६ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ४ हजार ७ सय १५ रूपैयाभ र १ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);