जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ

काठमाडौं । चितवन र बाँकेमा जुवातास खेलिरहेको अवस्थामा १९ जनालाई प्रहरीले पक्राउ गरेको छ । चितवनको खैरहनी नगरपालिका–३ उनान्टोल बस्ने ४२ बर्षीय चिरञ्जिवी सडौलाको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीलगायत ७ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख २४ हजार ५ सय २० रुपैयाँ र  एक बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

बाँकेको कोहलपुर नगरपालिका–११ न्यूरोडस्थित म्याक्स होटलमा जुवातास खेलिरहेको अवस्थामा  सोही नगरपालिका–११ बस्ने ३५ वर्षीय उपेन्द्र राना लगायत १२ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ३१ हजार १ सय ८० रुपैयाँ  र ६ गड्डी तास सहित फेला पारी पक्राउ गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);