दुर्घटना न्यूनीकरणका लागि सवारी साधनमा एक हप्ते स्टिकर टास्ने अभियान सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

दुर्घटना न्यूनीकरणका लागि सवारी साधनमा एक हप्ते स्टिकर टास्ने अभियान सुरु

बीरगञ्ज, १८ माघ । ट्राफिक प्रहरी कार्यालय पर्साको आयोजनामा र रोटरी क्लब अफ बिरगंजको सहयोगमा सवारी दुर्घटना न्यूनीकरणका लागी स्टिकर स्टिकर टास्ने अभियानको आज दोस्रो दिन पनि बसपार्कमा रहेका ठुलोबस , मिनिबस , म्याजिक , ईरिक्सा र टेम्पु पछाडी टल्किने स्टिकर टास्ने काम सम्पन्न भयो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक सुमन कार्कीको नेतुत्वमा बिरगंज बसपार्कमा रहेको ठुला नाईटबस , मिनिबस , म्याजिक , ईरिक्सा र टेम्पु पछाडी टल्कने स्टिकर टास्ने काम भएको थियो । यो कार्यक्रम एक सप्ताह सम्म चल्ने छ ।भोलि सोमबार बिरगंजको घन्टाघर चोकमा गाडीहरुमा स्टिकर टास्ने कार्यक्रम रहेको प्रहरी निरीक्षक सुमन कार्कीले बताउनु भयो।

ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी नायब निरीक्षक सुर्य बहादुर थापा , कमल नेपाली , सन्चारकर्मी अजित कुमार भुजेल , ट्राफिक प्रहरी हवल्दार , ट्राफिक प्रहरी लगायतकाको सहभागिता रहेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);