‘जीवन आफैँमा एक निरन्तर अभ्यास हो’– दयाहाङ राई | ईमाउण्टेन समाचार

Our Network

असार २८ २०८३, सोमबार

‘जीवन आफैँमा एक निरन्तर अभ्यास हो’– दयाहाङ राई

काठमाडौं ।

साहित्यकार शोभा अधिकारीको ‘सफलताका २७ स्वर्णिम सूत्रहरु’ विमोचन भएको छ । शनिवार अधिकारीद्वारा लिखित सफलताको २७ स्वर्णिम सूत्रहरु लाकार्पण गरिएको हो । लोकार्पण समारोहमा बोल्दै अभिनेता दयाहाङ राईले सफलतालाई केवल भौतिक उपलब्धि वा उचाइ हासिल गर्नुसँग मात्र जोड्न नहुने तर्क गर्नुभयो । कुनै पुस्तक वा विचारधारामा उल्लेख गरिएका सफलताका सूत्रहरू सबैका लागि समान रूपमा फलदायी नहुने उहाँले उल्लेख गर्नुभयो । मानिस एक सामाजिक प्राणी भएकाले उसको सोच र चिन्तन प्रणालीमा समाजको गहिरो प्रभाव रहने राईको भनाइ छ । आफ्नो अभिनय यात्रा र चरित्र निर्माणको अनुभवलाई जोड्दै राईले स्थान र परिवेशले मानिसको अनुभूतिमा परिवर्तन ल्याउने बताउनु भयो । राईले जीवनलाई बुझ्नका लागि सामाजिक र व्यक्तिगत दुवै दृष्टिकोणको सन्तुलन आवश्यक रहेको कुरामा जोड दिनुभयो ।

लेखिका शोभा अधिकारीले आफ्नो नवीनतम कृति ‘सफलताका २७ स्वर्णिम सूत्र’ मानव जीवनका लागि उपयोगी हुनुका साथै मानसिक एवं भावनात्मक सबलताका लागि महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले यस पुस्तकलाई शब्दहरूको औषधिको संज्ञा दिँदै यसले मानिसलाई चुनौतीहरूको सामना गर्ने शक्ति प्रदान गर्ने बताउनु भयो । अधिकारीकाअनुसार शारीरिक पीडामा औषधिको सेवनले राहत मिलेजस्तै यो पुस्तकले मानसिक तनावबाट मुक्ति र शान्ति प्राप्त गर्न मद्दत पु¥याउँछ । सफलता कसरी प्राप्त गर्ने, तनावमुक्त जीवन कसरी बिताउने र उपलब्ध अवसरहरूको उचित सदुपयोग कसरी गर्ने भन्ने विषयमा पुस्तक केन्द्रित रहेको उहाँले स्पष्ट पार्नुभयो । वर्तमान समाजमा बढ्दै गएको विवाहोत्तर सम्बन्ध र त्यसले निम्त्याएको दाम्पत्य जीवनको विखण्डनप्रति चिन्ता व्यक्त गर्दै अधिकारीले यस पुस्तकले सम्बन्धहरूलाई दिगो र सुमधुर बनाउन मार्गदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो ।आफ्ना अनुभव, अनुभूति र साधनाको प्रतिफलका रूपमा तयार पारिएको यस कृतिमा आफ्नो क्षमता चिन्न, सकारात्मक सोचको विकास गर्न, आत्मविश्वास बढाउन र दृढ संकल्पका साथ अगाडि बढ्नका लागि विभिन्न सूत्रहरू प्रश्तुत गरिएको छ । अधिकारीले असल समाज निर्माणका लागि व्यक्ति आफैँ असल हुनुपर्नेमा जोड दिँदै यो पुस्तकले पाठकको जीवनमा नयाँ आयाम थप्ने दाबी गर्नुभयो । पुस्तकले निरन्तर परिश्रम र दृढ इच्छाशक्तिमार्फत जीवनलाई कसरी सफल बनाउन सकिन्छ भन्ने कुरालाई मुख्य विषयवस्तु बनाएको छ ।

Leave a Reply

ताजा समाचार