बागलङुमा ट्राफिक प्रहरीको सक्रियताः सवारीको सिसामा टाँसिएको स्टिकर हटाउने देखि नमस्ते अभियानसम्म (फोटो फिचर) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

बागलङुमा ट्राफिक प्रहरीको सक्रियताः सवारीको सिसामा टाँसिएको स्टिकर हटाउने देखि नमस्ते अभियानसम्म (फोटो फिचर)

बागलुङ। बागलुङमा ट्राफिक व्यवस्थापनमा दिनानुदिन समस्या बढ्दै जानथाले पछि ट्राफिकप्रहरीले आफ्नो सक्रियता बढाउन थालेको छ । ट्राफिक प्रहरी कार्यालय बागलुङले ट्राफिक व्यवस्थापनका लागि विभिन्न अभियानहरु सञ्चालनमा ल्याएको छ ।

सवारी दुर्घटना न्यूनीकरण गर्ने उदेश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले सवारी साधनमा टाँसिएका स्टिकर हटाउन थालेको छ । सावरीसाधनको अगाडी सिसामा टाँसिएका स्टीकर मालालगाएतका भुल्लरी राख्दा दुर्घटना हुने गरेको भन्दै हटाउन थालेको हो ।

जिल्लामा ठूलो मालबाहक ट्रक, बस, टिपर, ट्याक्टरमा चालकले बाटो नै नदेखिने गरी अगाडीको सिसामा टाँस्ने स्टिकर र झुल्लरी राख्ने चर्को आवजमा बजाउने स्पिकरको कारण दुर्घटना बढेको प्रहरीको ठहर छ । सवारी चालक अनुमतिपत्र विनै सावरी चलाउने र सवारीको नम्वर प्लेट स्पस्टन देखि ने सवारीमा पनि कडाई गरेको ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख बद्रीनाथ शर्माले बताए।

जिल्ला सदरमुकाम बागलुङ बजारमा ठूलो मालबाहक ट्रक, बस, ट्रिपर, ट्याक्टर, भ्यान, जस्ता साधनहरुले मनपरी रुपमा पार्किङ गर्ने तथा रुट विना सञ्चालन गर्दा ट्राफिक व्यवस्थापनमा समस्या देखिए पछि ट्राफिकले बजार क्षेत्रमा सक्रियता बढाएको छ । ट्राफिक प्रहरीको सक्रियाताले दुर्घटना न्यूनीकरण हुने भएकोले यसलाई निरन्तरता दिन स्थानीयले सुझाव दिएका छन् ।

साथै कोरोनाको तेस्रो भेरियन्ट बढेकोले नियन्त्रणकालागि ‘संक्रमणबाट आफू बचौं र अरुलाई पनि बचाऔं’ नारा सहितअभियान सुरु गरिएको कार्यालयका प्रमुख शर्माले बताए ।

ट्राफिक प्रहरी र सर्वसाधारण नागरिक तथा चालकबीचको सम्बन्धलाई सौहार्दपूर्ण बनाउन नमस्ते अभियान समेत चलाएको छ । नागरिक र ट्राफिक प्रहरीबीचको सम्बन्ध सुधार्नका लागि नमस्ते अभियान कोशेढुंगा सावित हुने ट्राफिक प्रहरी कार्यालयले अपेक्षा गरेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);