सुदुरपश्चिममा बढ्दो सवारी दुर्घटना न्युनिकरणकालागि ८ स्थानमा डमी ट्राफिक प्रहरी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सुदुरपश्चिममा बढ्दो सवारी दुर्घटना न्युनिकरणकालागि ८ स्थानमा डमी ट्राफिक प्रहरी

डडेल्धुरा, १० फागुन । सुदुरपश्चिममा बढ्दो सवारी दुर्घटना न्युनिकरणकालागि ८ स्थानमा डमी ट्राफिक प्रहरी राखिएको छ ।

‘ट्रफिक नियमको पालना गरौ’ लेखेको प्लेकार्ड समातेर उभिएको ट्राफिक प्रहरी जस्तै देखिने गरी चोकचोकमा डमी राखिएको सुदुरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अतरिया कैलालीले जनाएको छ ।

डमी राखेपछि दुर्घटना कम गर्न केहि हदसम्म सहयोग मिल्ने सुदुरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ठाँउठाँउमा डमी ट्राफिक भएकोले गाडी विस्तारै चलाउने गरेको हाक्ने गरेको सवारी चालकहरुको भनाइ छ ।

डमी ट्राफिकको प्रयोगले दुर्घटना न्युनिकरण भएको सुदुरपश्चिम ट्राफिक प्रहरी कार्यालय अतरियाको दावी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);