महोत्तरीको अधिकांश नदीमा बाढी, सतर्क रहन प्रशासनको आग्रह (फोटो फिचर) | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

महोत्तरीको अधिकांश नदीमा बाढी, सतर्क रहन प्रशासनको आग्रह (फोटो फिचर)

महोत्तरी । पछिल्लो चार दिनदेखिको लगातार वर्षासंगै महोत्तरीको आधादर्जन नदी र खोलाहरुमा बाढी आएको छ ।

यस क्षेत्रमा गत मंगलवार देखि नै लगातारको मुसलेधार वर्षा भइरहेको छ । वर्षासँगै महोत्तरीको रातो, विग्ही, जंगा, अंकुशी, भब्सी, गेरुकी, कुटमेश्वरी, ढोलन र मरहालगायत नदीमा बाढी आएको छ ।

यसरी प्रायजसो सबै नदी र खोलामा बाढी आउँदा महोत्तरीको धेरैजसो गाउँ ठाउँमा बाढी पस्ने खतरा बढेकोले स्थानीयवासीहरु त्रासमा बसेका छन् ।

नदीमा आएको बाढीपछि जिल्लाका नदी छेउछाउका दुई दर्जनभन्दा बढी ठाउँका बासिन्दा त्रसित भएका छन् भने उनीहरू बाढीका बेला हुन सक्ने क्षतिविरुद्ध सतर्कता अपनाउनमा जुटेका छन् ।

प्रत्येक वर्ष वर्षायाममा महोत्तरीका धेरै जसो भाग डुबानमा पर्ने गरेको र बाढीले सयौँलाई विस्थापित बनाउँदै आएको कुरालाई दृष्टिगत गर्दै स्थानीयवासीले नदीमा आएको बाढीलाई देखेर सुरक्षाका व्यवस्थाको जोहो गर्न थालेका हुन् ।

यता विभिन्न नदीमा आएको बाढीले जिल्लाका प्रशासन तथा सुरक्षा निकाय सहित जिल्ला विपत व्यवस्थापन समिति लगायत विभिन्न जिम्मेवार निकाय पनि उच्च रूपमा सतर्क भएको जनाइएको छ । जिल्लाका अन्य स्थानमा पनि नदीको अवस्थाबारे प्रशासनले जानकारी लिइरहेको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);