‘नो हर्न’ अभियानलाई थप प्रभावकारी बनाउँदै ट्राफिक प्रहरी | ईमाउण्टेन समाचार

Our Network

असोज २ २०८३, शनिबार

‘नो हर्न’ अभियानलाई थप प्रभावकारी बनाउँदै ट्राफिक प्रहरी

काठमाडौं ।नो हर्न’ अभियानलाई थप प्रभावकारी र कडाई गर्न ट्राफिक प्रहरीले आजदेखि ‘हर्न निषेध’ का लागि स्टिकर टाँस्ने अभियान सुरू गरेको छ । उक्त स्टिकर चालकले देख्ने गरी अगाडीको सिसामा टाँसिएको महाशाखाले जनाएको छ ।

महानगरीय ट्राफिक महाशाखाका एसएसपी जनक भट्टराईले ‘नो हर्न’ अभियानलाई थप कडाई गर्न आजैबाट उपत्यकाको ३८ वटा ट्राफिक कार्यालयले एकैसाथ ५० हजार ‘नो हर्न’ स्टिकर टाँस गरी अभियानलाई सुरु गरेको जानकारी दिए । उनले केही समय यता अनावश्यक हर्नको प्रयोगमा क्रमश वृद्धि भैरहेको महशुस गरी यसलाई थप कडाई गर्न र अति आवश्यक नपरी हर्नको प्रयोग गर्नेलाई कडाईका साथ कारबाहीको दायरामा ल्याउन अभियानलाई पुन गति दिएको बताए ।

जथाभावी हर्नको प्रयोगले ध्वनी प्रदुषण बढ्ने र यसले हाम्रो स्वास्थ्यमा समेत नकरात्मक असर गर्ने हुनाले अति आवश्यक नपरी हर्नको प्रयोग नगर्न समेत ट्राफिक प्रहरी महाशाखाले सम्पूर्ण सवारी चालकहरुलाई बिशेष अनुरोध गरेको छ ।

Leave a Reply

ताजा समाचार