सर्वसाधारण सचेत नुहँदा ट्राफिक अभियान प्रभावकारी हुन सकेन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सर्वसाधारण सचेत नुहँदा ट्राफिक अभियान प्रभावकारी हुन सकेन

फूलमाया आले

काठमाडौं, ११ माघ । राजधानीको ट्राफिक व्यवस्थापन चुस्त बनाउनका साथै दुर्घटना न्युनिकरण गर्न भन्दै ट्राफिक प्रहरीले विभिन्न अभियान सञ्चालन गर्‍यो । तर, पूर्वाधार निर्माण तथा सर्वसाधारण सचेत नुहँदा ट्राफिकको अभियान प्रभावकारी हुन सकेन ।

पछिल्लो समय ट्राफिक प्रहरी महाशाखाले हर्न नबजाऔं, जेब्रा क्रसिङबाट मात्र बाटो काटौं, लाइन लागेर सवारी चढौं भन्नेजस्ता अभियान सञ्चालन गर्‍यो । ट्राफिक प्रहरीको यी अभियान ट्राफिक व्यवस्थान र दुर्घटना न्युनिकरणका लागि सकारात्मक पहल हो । तर, आवश्यक पूर्वाधारको निर्माण नुहुनु र नागरिक सचेत नहुँदा ट्राफिक प्रहरीको यी अभियान प्रभावकारी भने हुन सकेन ।

ध्वनी प्रदुषण बढेको भन्दै बैशाख १ गते देखि काठमाडौं उपत्यकामा हर्न बजाउन निषेध गरियो । तर पूर्ण रुपमा कार्यान्वयन भने हुनसकेको छैन । तर, महाशाखाले भने यो अभियान प्रभावकारी भएको दाबी गरेको छ ।

त्यस्तै जेठ १ गतेदेखि जथाभावी बाटो काट्ने पैदल यात्रीलाई दुई सय रुपियाँ जरिवाना गर्ने र जरिवाना तिर्न नसके केही समय प्रहरीको नियन्त्रणमा राखी सचेतना शिक्षा दिएपछि मुक्त गर्ने अर्को नियम लागू भयाे । जनस्तरबाट विरोध भएपछि गृह मन्त्रालयको आदेशमा जरिवाना लिन छोडियो । त्यससँगै पुन: जथाभावी बाटो काट्ने क्रम बढ्यो । तर ट्राफिक प्रहरी महाशाखाले भने अभियान प्रभावकारी भएको दाबी गरेको छ ।

जेब्रा क्रसबाट बाटो नकाट्नेलाई जरिवाना जस्ता नियम लागू गर्नुअघि आवश्यक भौतिक पूर्वाधारको विकास नगर्दा यसले निरन्तरता पाउन नसकेको सर्वसाधारणको बुझाइ छ ।

गत पुस २ गतेबाट उपत्यकाको सबैभन्दा बढी यात्रुको चाप हुने आरएनएसी, रत्नपार्क, भृकुटीमण्डप, सामाखुशी, बानेश्वर, कोटेश्वर, कुपण्डोल, जडीबुटी र चाबहिल क्षेत्रमा यात्रुले सार्वजनिक यातायात चढ्न लाइन लाग्नु पर्ने नियम नै लागू गरियो ।

तर एक महिना बित्न नपाउँदै त्यसको चर्चा सेलाउँदै गएको छ । जथाभावी हर्न बजाउन नपाइने, जेब्रा क्रसिङबाट मात्र बाटो काटौं, लाइन लागेर सवारी चढाैँ भन्ने जस्ता अभियान स्वागतयोग्य भएको सर्वसाधारणको भनाइ छ ।

कुनै पनि कार्यक्रम तथा नियम ल्याइसकेपछि त्यसलाई प्रभावकारी र दिगो रुपमा लागू गर्न सक्नुपर्छ । साथै महाशाखाले ल्याएका सकारात्मक अभियान सफल बनाउने सबैले सहयोग गर्नुपर्छ  ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);