बागलुङमा साउन २८ गतेदेखि भदौ ५ गतेसम्म निषेधाज्ञा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बागलुङमा साउन २८ गतेदेखि भदौ ५ गतेसम्म निषेधाज्ञा

बागलुङ । बागलुङमा कारोना संक्रमण दर बढ्दै गएपछि निषेधाज्ञालाई कडाई गरिएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय बागलु्ङमा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा समुदायमा संक्रमण फैलिएको र संक्रिय संक्रमितको संख्यमा अत्यधिक वृद्धि भएकोले जिल्लाभर निषेधाज्ञा कडा पारिने निर्णय गरेको हो ।

बैठकले साउन २८ गते बिहान ५ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्म जिल्लाभर निषेधाज्ञा थप कडाइका साथ लागू गर्ने निर्णय गरेको निमित्त प्रमुख जिल्ला अधिकारी गणेश गौतमले जानकारी दिए ।

निषेधाज्ञाको समयमा सरकारी र गैर सरकारी कार्यालयहरु,बैंक,सहकारी,विमा तथा वित्तीय संस्था, शैक्षिक संस्थाहरु र अतिआवश्यकबाहेकका सार्वजनिक तथा निजी यातायात बन्द गरिने भएको छ ।

बैठकले खाद्यान्न पसल आइतबार,बुधबार र शुक्रबार बिहान १० बजेसम्म सञ्चालन गर्न दिने, लोकसेवा तथा टियूका परीक्षाका लागि समन्वय गरी सञ्चालन गर्न दिने र औषधिजन्य पसल सञ्चालनमा रोक नलगाउने निर्णय गरेको छ । स्वास्थ्य कार्यालयको पछिल्लो आँकडा अनुसार मंगलबारसम्म जिल्लामा सक्रिय संक्रमितको सङ्ख्या ६ सय ३० पुगेको छ ।

कार्यालयका कोभिड–१९ स्रोत व्यक्ति देवप्रकाश घिमिरेले मंगलबार ४५ जना नयाँ संक्रमित फेला परेको जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);